लाभांश प्रस्ताव पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो कात्तिक ३० गते साधारण सभा

काठमाडौं, १ कात्र्तिक । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

लघुवित्तले कात्तिक ३० गते, शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित सञ्चालकको रिक्त हुने एक स्थानका लागि सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तल कात्तिक ९ गतेका दिन बुकक्लोज गर्ने भएको छ । कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। ।

 

प्रतिक्रिया दिनुहोस्