समता घरेलु लघुवित्तलाई एफपीओ जारी गर्न धितोपत्र बोडको अनुमति

काठमाडौं,१ कात्तिक । समता घरेलु लघुवित्तले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न अनुमति दिएको छ ।

नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १ सयकै दरमा एफपीओ जारी गर्नेछ । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ ।

एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल यस कम्पनीको कुल ५६ लाख ४० हजार ६३ कित्ता सेयर बजारमा सूचीकृत छ । सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउनुपर्ने छ । लघुवित्तमा हालको पूँजी संरचना अनुसार सर्वसाधारणको हिस्सा २६.२० प्रतिशत रहेको छ ।

सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउन कम्पनीले एफपीओ जारी गर्न लागेको हो

प्रतिक्रिया दिनुहोस्