गुणस्तरहिन ८५ हजार किलो चामल भारतमै फिर्ता
काठमाडौं, १ कार्तिक। नेपालमा गुणीतरहिन खाद्य आयत हुने गरेको छ । यस्तै नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ ।
परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै (न्युनस्तर/गुणीतरहिन ) पाइएपछि भारतमै फिर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
दशैंको समयमा भन्सारमा आइपुगेको चामल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा नेपाल सरकारको चामलको लागि तोकेको अनिवराय मापदण्ड बमोजिम न्यून गुणस्तर पाइएको हो । नेपालीहरुले यसरी गुणीतरहिन खाद्य खान वाध्य छ ।
प्रतिक्रिया दिनुहोस्