नेप्से ४३ अंकमा वृद्धि, कारोबार साढे ५ अर्ब, हाइड्रोपावरमा आकर्षण बढ्दो

काठमाडौं, ३० असोज । दशैँपछिको दोस्रो कारोबार दिन पनि नेप्से सूचक उच्च अंकले बढेको छ। मंगलबार ३१ अंकले बढेको बजार बुधबार पनि ४३ अंकले बढेको हो।

बुधबार नेप्से सूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्द्युमा पुगेको छ। यता कारोबार रकम भने अझै पनि उत्साहजनक छैन। बुधबार ५ अर्ब ६६ करोड २ लाख २७ हजार ७३७ रुपैयाँ बराबरको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ।

यसअघि नेप्से सूचक २७०० माथि हुँदा १५ अर्बभन्दा बढीको कारोबार भइरहेकोमा अहिले कारोबार रकम निकै खुम्चिएको देखिन्छ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिन्छ जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर २.१३ प्रतिशतले बढेको छ।

बुधबार विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.३३ प्रतिशतले बढेको छ भने इष्ट्रन पावरको ९.२४ प्रतिशत र समता घरेलु लघुवित्तको ८.६२ प्रतिशतले बढेको छ। यता गरि स्यांगे हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मिड सोलु हाइड्रोपावरको ५.५४ प्रतिशत र मिथिला लघुवित्तको ४.५५ प्रतिशतल घटेको छ।

यस दिन नेपाल फाइनान्सको सबैभन्दा धेरै १५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १५ करोड ४ लाख र एनआइसी एशिया बैंकको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्