लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको स्वीकृती

काठमाडौं,३० असोज । नेपाल धितोपत्र बोर्डले लिबर्टी इनर्जी कम्पनी लिमिटेड लाई हकप्रद निष्काशन गर्न स्वीकृती दिएको छ । बोर्डले कम्पनीलाई हालको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

लिबर्टी इनजी कम्पनीले बोर्डबाट प्राप्त स्वीकृती अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद निष्काशनका लागि कम्पनीले बोर्डबाट गत असोज २३ गते स्वीकृती प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्