देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु

काठमाडौं, २७ असोज । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

सुनसरी, दुहबी नगरपालिका(८ जुटमिलस्थित सडकमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १(०२(०४८ प १७७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका(३ बस्ने ५८ वर्षीया डुकमाया सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(१३ स्थित सडकमा सु।प।प्र।०१(००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, गैडहवा गाउँपालिका(३ केयौटलियास्थित सडकमा लु।३१ प १७७२ नम्बरको मोटरसाइकल र लु।४ प ९५१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा लु।४ प ९५१ नम्बरको मोटरसाइकल चालक लुम्बिनी सांस्कृतिक नगरपालिका(८ बरउलि बस्ने ४५ वर्षीय नरसिंह चमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु।३१ प १७७२ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ ।
झापा, कमल गाउँपालिका(४ अमलडाँगीस्थित सडकमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को।२७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका(८ बस्ने ३३ वर्षीय अनिल कुमार लिम्बु र २० वर्षीय सोमराज लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी झापा, मेचिनगर नगरपालिका(७ स्थित सडकमा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १(०१(०१७ प ७४४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बिगेन राजवंशीको आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका(४ औराहा चोक नजिकै ना।७ त २९८४ नम्बरको ट्याक्टर र ना।३९ प ७९१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका(१ सुकुम्बासी टोल बस्ने ३० वर्षीय रविन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, बुढिगंगा गाउँपालिका(५ पोठिया चोकस्थित सडकमा कोयलपुरबाट नेमुवातर्फ जाँदै गरेको प्र(१(०२(०५० प ५०९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुढिगंगा गाउँपालिका(२ अमाही बस्ने १६ वर्षीय आयुस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाँके, कोहलपुर नगरपालिका(९ कौशिल्या हस्पिटल अगाडि कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे।११ प ६९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका सल्यानी टोल बस्ने ६७ वर्षीय रूद्र बहादुर घर्ती मगरको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सिराहा, बरियारपट्टी गाउँपालिका(३ बरियारपट्टी चोकमा झाझपट्टीबाट सिराहातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सरोज साफीको छोरी ३ वर्षीया गंगा कुमारी साफीको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्