विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषि मन्त्री अधिकारी इटाली प्रस्थान

काठमाडौं, २७ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्तान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए ।

 

मञ्चको बैठक सोमबार अर्थात् अक्टोबर १४ देखि सुरु हुनेछ। बैठक १८ अक्टोबर सम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापालगायत रहेको उनले जानकारी दिए ।

 

नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्