भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

काठमाडौं, २४ असोज । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा टाटाको ८६ वर्षको उमेरमा निधन भएको हो ।उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो।

उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए।

उनलाई २ दिनअघि आईसीयूमा भर्ना गरिएको खबर पनि आएको थियो। तर, त्यसपछि उनले ‘म ठिक छु, चिन्ता लिनुपर्ने केही छैन’ भनेर सामाजिक सञ्जालमा पोस्ट शेयर गरेका थिए। सन् २००८ मा, रतन टाटाले भारतको दोस्रो सर्वोच्च नागरिक पुरस्कार, पद्म विभूषण प्राप्त गरेका थिए। यसअघि सन् २००० मा पनि उनलाई पद्मभूषणबाट सम्मानित गरिएको थियो।

टाटा सन्सका अध्यक्ष एन.चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।

रतन टाटाको निधनमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरले भने, ‘हामी रतन टाटालाई ठूलो क्षतिको भावनाका साथ बिदाइ गर्दछौं। टाटा समूहको अध्यक्ष भन्दा बढी थिए। मेरो लागि उहाँ गुरु, मार्गदर्शक र साथी हुनुहुन्थ्यो।

उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्– रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो ।

यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिको रुपमा सम्झिएका छन् ।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्