युनिलिभर नेपाल र सिटिजन्स बैंककोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,२३ असोज । युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । युनिलिभर नेपालले असोज २८ गते र सिटिजन्स बैंकले असोज २९ गते बुक क्लोज गर्दैछन् । असोज २४ देखि दसैंको सार्वजनिक विदा परेको आज असोज २३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

युनिलिभर नेपालले गत वर्षको नाफाबाट लगानीकर्तालाई कर सहित १७ सय १४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले कात्तिक १२ गते ३१ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।

त्यसैगरि, सिटिजन्स बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न कात्तिक १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ९:०० बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्