सानिमा जीआइसी इन्सुरेन्सको ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

काठमाडौं,२३ असोज । सानिमा जीआइसी इन्सुरेन्सले आजदेखि ११ लाख ३ हजार ४०५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

इन्सुरेन्सको यस सेयरमा आवेदकले न्यूनतम २५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम ७ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस लिलामीमा कात्तिक ५ गतेसम्म आवेदन दिन मिल्नेछ । कम्पनीको बिक्री प्रवन्धकमा सानिमा क्यापिटल, काठमाडौंमा पुग्ने गरी आवेदन पठाउनु रबुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्