सानिमा बैंकले गर्यो शेयरधनीहरुलाई वितरण लाभांशको घोषणा

काठमाडौं,२३ असोज । सानिमा बैंक लिमिटेडले गत आ.व.२०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले चुक्ता पूँजीको ५.२६३२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्