सामुदायिक सेवा केन्द्र टुँडालदेवीको शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशै, शुभदीपावली, नेपाल सम्वत तथा छठपर्वको अवसरमा विगत बर्षझैं सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रका अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा मंगलबार आयोजित उक्त कार्यक्रम महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जङ शाहको प्रमुख आतिथ्यता तथा काठमाडौ महानगरपालिका ०४ नं वडाका अध्यक्ष दिनेश महर्जनको बिशेष आतिथ्यतामाझ शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा उपत्यकाको शान्ति सुरक्षा सम्बन्धि छलफल गरिनुका साथै महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जङ शाहको स्वागत सम्मान एवं उहाँसँगको परिचयात्मक कार्यक्रम समेत राखिएको थियो ।

सो अवसरमा महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जङ शाहले विजया दशमीको शुभकामना व्यक्त गर्नुहुँदै चाडपर्वको बेलामा हुन सक्ने चोरी डकैतीलाई रोक्दै शान्ति सुव्यवस्था कायम राख्न उच्च सुरक्षा सतर्कता अपनाईने जानकारी गराउनुभयो ।

त्यसैगरि काठमाडौ महानगरपालिका ०४ नं वडाका अध्यक्ष दिनेश महर्जनले वडाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूती दिलाउन स्थानीय सरकारबाट पनि सक्दो प्रयास जारी राखिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा यस क्षेत्रमा शान्ति प्रबद्र्धनका कार्यक्रमहरु नियमित संचालनमा रहेको बताउनुनुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव, पुर्ब प्र.म.नि. अमर सिह शाह, पूर्वप्रहरी कर्मचारीहरु स्थानिय युवा क्लव, संघ सस्था टोलसुधार महिला समुह, विद्यालयका प्रतिनिधीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाली सेनाका पूर्वअधिकृत, नेपाल प्रहरीका पूर्व अधिकृत, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा समाजसेवी, स्थानिय बासिन्दाआदीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा टुँडालदेवी सामुदायिक प्रहरी सेवा केन्द्रका सायक हल्दार डम्बर बहादुर शाहीले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्