गुल्मीमा माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । वुटवलबाट गुल्मीको लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मा दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

६ जनाको घटनास्थल मै मृत्यु भएको थियो भने घाइते भएका तीन जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु हुने मध्ये एक जना गाडी चालक रहेको प्रहरीले बताएको छ ।

मृत्यु हुनेहरूमा ३ जना महिला र ६ जना पुरूष रहेका छन् । घाइते हुनेहरूमा ५ जना पुरूष, दुर्इ जना बालवालिका र एक जना महिला रहेको छ ।

मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन् । घाइतेहरूको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्