आशा लघुवित्तले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंक द्वारा स्वीकृत

काठमाडौं,२२ असोज । आशा लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । आशाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ दशमलब २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि शुन्य दशमलब ७५ प्रतिशत गरि १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

आशाले ९ करोड १४ लाख रुपैयाँ बराबरको बोनस सेयर र ४८ लाख १२ हजार रुपैयाँ बराबरको कर प्रयोजनार्थ नगद लाभांश दिने भएको हो । हाल आशा लघुवित्तको चुक्तापूँजी ६४ करोड १६ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्