ग्लोबल आइएमई बैंकले गर्यो बोनस सेयर घोषणा

काठमाडौं,२२ असोज । ग्लोबल आइएमई बैंकले गत आ.व.को नाफाबाट बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ५।५ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाले स्वीकृत गरे पछि लगानीकर्तालाई वितरण गरिने छ । अघिल्लो वर्षको नाफाबाट बैंकले आफ्ना सेयरधनीलाई १ प्रतिशत बोनस सेयर र कर सहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्