मन्त्री यादवको विशेष पहलमा काठमाडौंमा आजदेखि मेलम्ची पानी आउँदै

काठमाडौं, २२ असोज। खानेपानी मन्त्री प्रदिप यादवको विशेष पहलमा काठमाडौंमा आजदेखि काठमाडौंमा मेलम्ची पानी आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने मन्त्री यादवले बताए ।

हिजो सोमबार स्थानीयवासीहरुको घरघरमा पुगेर मेलम्ची खानेपानी काठमाडौं ल्याउन विशेष पहलबाट काठमाडौंमा आजदेखि पानी आउन सम्भव भएको हो ।

मेलम्चीको पानीलाई आजदेखि पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ ।

‘हामी अहिले सिन्धुपाल्चोकमै छौं, मेलम्चीका स्थानीयसँग सहमति भइसकेको छ । पानी आज साँझसम्म काठमाडौंका धारामा झर्छ,’ मन्त्री यादवले भने ।

११ असारदेखि मेलम्ची पानी काठमाडौं पथान्तरण गर्न बन्द गरिएको थियो । अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको थियो । असार दोस्रो साता अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो ।

सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सोमाबर सहमति भएको छ । योसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ ।

आन्दोलनरत मेलम्ची संघर्ष समितिसँग वार्ता गर्न खानेपानीमन्त्री यादव सहित टोली सोमबार मेलम्ची पुगेको थियो ।

हेलम्बु गाउँपालिका मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज माग सम्बोधन गर्ने सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

सरकार र संघर्ष समितिबीच सहमति, मेलम्चीको पानी मंगलबार सुन्दरीजल पठाइने

वार्तामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले बिक्री गरेको मेलम्ची पानीबाट प्राप्त हुने रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने मागमा मन्त्रालय र सरोकारवाला निकायबीच छलफल गरी तीन महिनाभित्र टुंग्याउने सहमति भएको छ ।

त्यस्तै हेलम्बु मेलम्ची एकीकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन प्रस्ताव यथाशीघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी कार्यान्वयनमा खानेपानी मन्त्रालयले पहल गर्ने सहमति छ ।

प्रतिक्रिया दिनुहोस्