आँखुखोला जलबिद्युतले डाक्यो वार्षिक साधारणसभा

काठमाडौं,२१ असोज । आँखुखोला जलबिद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असोज २० गते बसेको संचालक समितिको बैठकले कात्तिक १२ गते बार्षिक साधारणसभाको मिति तय गरेको प्रकाशित सूचनामा उल्लेख छ ।

जलबिद्युतले १२ गतेको वार्षिक साधारणसभाको लागि कात्तिक ४ गतेको लागि बुक क्लोज मिति तोकेको छ । सूचना अनुसार कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनेछन ।

आखुखोलाले गत आ.व.को कमाईबाट शेयरधनीहरुलाई कुनै लाभांश घोषणा गरेको छैन । कम्पनीको हालको चुक्तापूँजी २ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्