सुेवा सुविधावापतको १५ लाख रकम बाढीपीडितलाई दिने पाँचखालका मेयर खरेलको को घोषणा

काठमाडौं २१ असोज । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफनो सेवा सुविधावापत आउने रकम बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले आफ्नो तीन वर्षको सेवा सुविधावापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन ।

आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर उनले सेवा सुविधावापतको रकम काभ्रे जिल्लाका प्रभावित पालिकाका पीडितका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘पाँचखाल नगरभन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उहाँहरुलाई सानो भए पनि सहयोग होस् भनेर यो निर्णय गरेको हो,’ खरेलले भने ।

यही असोज ११ र १२ गते आएको बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक स‌ंस्था, कृषि, व्यवसायलगायत क्षेत्रमा ठूलो क्षति भएको छ ।

योसँगै खरेल लगायत नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शिवप्रसाद हुमागाईं, मधुप्रसाद आचार्य, गणेश लामालगायतले नमोबुद्द, रोशी, पनौती, बेथानचोक, पाँचखाल, मण्डनदेउपुरलगायतका पालिकाहरुमा खाद्यान्न र त्रिपाल वितरण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्