राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कामपा वडा नं. १० र ३१ले गरे विभिन्न अभियानहरुको घोषणा

काठमाडौं, १९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कामपा वडा नं. १० र ३१ले विभिन्न अभियानहरु घोषणा तथा स्वास्थ्य शिविर कार्यक्रम गरेको छ ।
कामपा वडा नं. १० र ३१को संयुक्त आयोजनामा शनबिार काठमाडौंमा एक कार्यक्रमकाबीच गत हप्तामात्र आएको बाढिपहिरोले सम्पूर्ण नेपालीको पीडालाई समेत ध्यानमा राखी पार्टीले सामान्य भेटघाट, चियापानका साथै स्वास्थ्य शिविर र यस वर्ष गरिने अभियानहरु घोषणा गरेको हो ।

पार्टीले समाज परिवर्तनका निम्ति यस वर्ष महत्वपूर्ण अभियानहरु घोषणा गरेका छन् । जस अन्तर्गत परामर्श कार्यक्रमहरु, सूचना पाटी, खुलामञ्च कार्यक्रम, खेलकुद कार्यक्रमहरु, स्वास्थ्य शिविरहरु, मानसिक मनोपरामर्श, परामर्श सेवा, हरियाली परियोजना र सार्वजनिक स्थान तथा सडक÷बाटोमा मार्ग नक्शा राख्नेलगायत विभिन्न कार्यक्रमहरु अघि सारेको छ ।
यस्तै ट्राफिक जनचेतानामुलक कार्यक्रम– हात देखाऔं बाटो काटौं, फोहोर व्यवस्थापनका लागि डस्विनको प्रयोग र बेथिति खबरदारीलगायत विभिन्न अभियान चलाउने भएको छ ।

सो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य पुकार बलले कामपा वडा नं. १० र ३१को संयुक्त रुपमा नागरिक सचेतना र समतामुलक समाज निर्माणको लागि घोषणा गरेका कार्यक्रमहरु महत्वपूर्ण भएको बताउँदै यसले पार्टीलाई उत्साहित बनाएको बताए । उनले फरक धारणा र अभियानका साथ उदाएको र नागरिकका सरोकारका विषयमा केन्द्रीत हुने पार्टी भएकाले घोषित अभियानहरु प्रभावकारी रुपमा कार्यान्यन गर्न आग्रह गरे । उनले जनताको मुद्धा र संघर्षमा पार्टी साथमा रहेको बताउँदै आगामी २०८४को चुनावलाई सशक्त बनाउने लक्ष्यका साथ लाग्नुपर्ने बताए । यसका लागि नागरिक स्तरमा प्रभावकारी कार्यक्रमम ल्याउन र कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध भएको समेत बताए ।

काठमाडौं क्षेत्र नं.१ का सभापति सुरेश सापकोटाले समाजलाई परिवर्तन गर्न आजको प्रमुख दायित्व भएको बाताउँदै यसको लागि भ्रष्टाचारका मुद्दा र नागरिकको हकअधिकार सुनिश्चितका लागि पार्टीले शसक्त भूमिका खेल्ने बताए ।

अभियान घोषण गर्दै कामपा–१० का सभापति बिशाल भट्टले घोषणा गरिएका अभियानहरु कार्यान्वयनका लागि आफू सशक्त ढंगले लाग्ने बताए । उनले पार्टीको निर्देशन र चालिएका अभियानहरु नागरिक स्तरमा जागृत हुनुका साथै समाज परिवर्तको लागि कोशेढुंगा सावित हुने बताए ।

कार्यक्रममा फिजिसियन, डेण्टल र स्किन गरि तीनवटा स्टलमा राखि आयोजना गरिएको स्वास्थ्य शिविरमा १ सय पचास जनाभन्दा बढिले सेवा लिएका थिए ।

rsp

प्रतिक्रिया दिनुहोस्