दाउन्नेमा बिहान ५ः१० बजेदेखि पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, १९ असोज। पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा बिहान ५ः१० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ । पहिरोका कारण बन्द भएर खुलेको केही बेरमै फेरि पहिरो जाँदा बिहानदेखि पूर्ण रूपमा यातायात बन्द भएको हो ।

नवलपरासी पश्चिमकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम नरोकिएपछि नयाँ ट्र्याक खोल्ने काम थालिएको बताए । यसका लागि अझै केही समय लाग्ने भएकोले राजमार्ग खुल्न अझै केही समय लाग्ने उनले जानकारी दिए ।

हामी प्रयास गर्दैछौं । प्राविधिक समस्या भएन भने डेढ दुई घण्टामा खुल्छु उनले भनिन् । पहिरोका कारण काठमाडौँ र पूर्वबाट पश्चिमतिर गएका झन्डै सात सय गाडी दाउन्नेमा रोकिएर बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए। बाटोको ट्रयाक नबनेसम्म यात्रूहरु अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्