नेपाल वेयरहाउजिङ्गले बोलायो विशेष साधारण सभा

काठमाडौं,१७ असोज । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न कात्तिक ७ गते, अमृतभोग क्याटरर, प्रा. लि., कालिकास्थान, काठमाडौँमा विशेष साधारण सभा बोलाएको हो । सभा दिउँसो ३ बजेदेखि शुरु हुनेछ ।

कम्पनीले चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २ गते शुक्रबार, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । सूचना अनुसार कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्