फरवार्ड माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा

काठमाडौं,१६ असोज । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १३.३० प्रतिशत बोनस शेयर रहेको छ भने ०.७० प्रतिशत नगद लाभांश जुन कर प्रयोजनका लागि रहेको छ ।

लघुवित्तको सञ्चालक समितिको असोज १५ गते बसेका बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरपछि यो लाभांश वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्