बाढी र डुबानपछि नख्खु क्षेत्रको अवस्था

काठमाडौँ, १५ असोज। गत बिहीबारदेखिको अविरल वर्षाले बाढी र डुबानले देश आक्रान्त बन्यो। लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ।

विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा हुँदा विपद्जन्य घटनामा वृद्धि भइरहेका छन्। धेरै मानवीय र भौतिक क्षति पनि नेपालले व्यहोरिरहेको छ।

काठमाडौंमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो। बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आउँदा नागरिकहरूलाई बगायो।

धेरैको उद्धार भए पनि केही मानिसहरूको ज्यान गएको छ।

नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनेको छ।

प्रतिक्रिया दिनुहोस्