प्रधानमन्त्री मोदीले किन गरे नेपाली सुरक्षामाथी अविश्वास ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणको सम्पूर्ण तयारी पुरा भईसकेको छ । उनलाई जनकपुरको राम जानकी र काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री मोदीको स्वागतको लागि जनकपुरमा रु. करिब १ करोड भन्दा बढी खर्चेर गेट सहितको कार्यक्रम स्थल निर्माण गरिएको छ । तर, दुःखको कुरो उक्त गेट हावाहुरीले लडाई दिएको थियो । जसको फेरि निर्माण गरिसकिएको छ । उनको स्वागत र नागरिक अभिनन्दनको नगरवासीलाई सहभागी हुन प्रदेश सरकारले उर्दी समेत जारी गरेको छ ।
प्रधानमन्त्री मोदीको स्वागतका लागि जनकपुरलाई वेहुलीझैं सिंगारिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । यसैगरि मोदी काठमाडौंको होटल हायात्मा बस्ने भएकाले त्यस वरपरका स्थानहरुको धुलो फोहोर र खाण्डाखुल्टी भएका सडकहरु रातारात कालोपत्र र टालटुल पार्ने काम भएको छ । यसले गर्दा चावहिल वरपरका बासिन्दाहरुलाई केहि राहत भएको छ ।
प्रधानमन्त्री मोदीको भ्रमणलाई मध्यनजर गर्दै र स्वागतार्थ २ नं. प्रदेशमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । सुरक्षाको लागि नेपाल मात्रै नभई भारतबाटै हतियार सहित करिब ६६ सुरक्षाकर्मी नेपालमा परिचालित छन् । करिब ४१ जना सुरक्षाकर्मी नेपाल आइसकेका छन् भने बाँकी २५ जना मोदीसंगै आउने कार्यक्रम छ । यसले नेपाली सुरक्षाप्रति भारतको विश्वास नभएको पुष्टि हुन्छ । विशिष्ट व्यक्तिको भ्रमणमा सुरक्षा पूर्ण व्यवस्था गर्नु राज्यको दायित्व हो । त्यसमा कुनै प्रश्न उठाई रहनु पर्दैन । तर सिंगो सुरक्षा माथि नै अविश्वास गरि हस्तक्षेप गर्नु जायज होइन । यसले नेपाली सुरक्षाकर्मीप्रति विश्वासमा दरार आएको छ । यो अविश्वासलाई हटाउनु आवश्यक छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि निर्देशिका अनुसार गरिएको हुन्छ । त्यसमा कुनै शंका र अविश्वास गर्नुपर्ने र आफ्नै देशको सुरक्षाकर्मी भित्र्याउनु त्यति उचित कार्य होइन ।
विश्वमा सबै भन्दा बढि शान्ति सेनाको माग भईरहने नेपाली सेना र प्रहरीलाई अविश्वास गर्नु जायज हुन सक्दैन यो केवल भारतीय हैकमवाद देखाउन खोज्नु र ठूलदाईपन बाहेक अरु केही हैन । भारतीय सुरक्षाकर्मीले सुस्ता लगायतका सिमाक्षेत्रमा दिएको पीडा, चरम शोषण हेपाहा प्रवृति, भारतीय विस्तारवाद, सिमामा भएका थिचोमिचो, बेला बखतमा लगाई रहने अघोषित नाकाबन्दीले गर्दा भारतप्रति तमाम नेपालीको मनमा चिसो पसेको छ । त्यसले गर्दा प्रधानमन्त्री मोदी लगायत भारतीय शासकवर्गप्रति नेपालीे दृष्टिकोण त्यति सकारात्मक छैन । यसले सदियौंदेखिको कुटनीतिक सम्बन्धमा सुधारको भन्दा पनि दरार पैदा हुदै गएको देखिन्छ ।

प्रधानमन्त्री मोदी नेपालकै अर्काे महत्वपूर्ण तिर्थस्थल मुक्तिनाथ दर्शनको लागि पनि भव्य तयारी गरिएको छ । त्यस क्षेत्रमा रहेका पर्यटकलाई अन्यत्र बाटो प्रयोग गर्न र २० घण्टासम्म आवत–जावत रोक्न निर्देशन दिई सकेको छ । आखिर प्रधानमन्त्री मोदी स्थलमार्ग जाने पनि होइनन् प्लेन चाट्र्ड गरि जाने हुन्, किन २०/२० घण्टासम्म तिर्थालुहरुलाई रोक लगाइयो । यो सरासर जनतालाई दुःख दिने नियत हो भन्न सकिन्छ ।
काठमाडौंका सडककाचोक चोकमा सवारी आवत–जावत गर्न रोक लगाउँदा सवारी अस्त व्यस्त हुन्छ । कर्मचारी र सर्वसाधरणलाई समयमा नै गन्तव्यमा पुग्न नसक्दा सास्ती र हण्डर खेप्नु पर्नेछ । राष्ट्रपति होस् वा विदेश प्रमुखहरु जो कोहि आउँदा पनि जनताले सास्ती खेप्दै आउनु परेकोछ । जनताको लागि जुन जोगी आएपनि कानै चिरेको उखान चरितार्थ हुन्छ ।
भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी ओली मोदी आउने १ घण्टा अघि नै जनकपुर पुग्ने कार्यक्रम छ । अभिनन्दन कार्यक्रममा सहभागी हुन सरकारका प्रमुख, मन्त्रीगण, विभागिय प्रमुख, सबै राजनीतिक दललाई आह्वान गरि सकिएको छ ।
भारतीय प्रधामन्त्री मोदीको यस पटकको नेपाल भ्रमण, जानकी मन्दिर दर्शन, मुक्तिनाथ दर्शनलाई भारतको दक्षिणी राज्य कर्नाटकको चुनाव प्रचारको संज्ञा हो भनि विभिन्न टिका टिप्पणी समेत भएको छ । कर्नाटकको चुनाव प्रचारको शुन्य समयमा रामजानकी मन्दिरमा पूजा गरेको समाचार प्रत्यक्ष प्रसारण हुँदा भारतीय जनता पार्टीलाई फाइदा हुने योजनाका साथ यो भ्रमण तय भएको हो भन्ने तर्कछ ।
प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका क्रममा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । यो आयोजना भारतलाई दिनु राष्ट्रघाती निर्णय होे भन्ने टिप्पणीहरु आइरहेका बेला यसलाई हतार हतार गरि शिलान्यास गराउनु पक्कै जायज कुरो होइन ।
प्रधानमन्त्री मोदीलाई सिमा, कोशि उच्चवाँध, सुस्तावादीलाई भारतीय सुरक्षा कर्मीले दिएको दर्दानाहक पीडा, १९५० असमान सन्धिहरु खरेजी लगायतका जेण्डामा जोडदारका साथ उठाउन विज्ञहरुले सुल्झाएका छन् ।
प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको पूर्वसन्ध्यामा ट्युट गर्दै भनेका छन्, ‘यो भ्रमणले दुईदेशबीचको सम्बन्धमा अझै समदुर सम्बन्धको विस्तार गर्ने विश्वास छ । ’

 

प्रतिक्रिया दिनुहोस्