युवा वैज्ञानिक

काठमाडौं, १५ असोज । नेपाल पोलिमर ईन्स्टिच्युटले २०१६ देखि आयोजना गर्दै आएको राष्ट्रिय स्तरको युवा वैज्ञानिक सम्मेलन कमलादीसँगको सहकार्यमा आयोजना गरिएको थियो । सो कार्यक्रममा पाँचवटा विधामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई प्रतिस्पर्धामा उतारी सोको मूल्याङ्कन गरी हरेक वर्ष सहभागी हुन सक्ने प्रावधान सहित छनौट गरिएको थियो ।

यसै वर्षको उत्कृष्ट हुन सफल ६ वटा प्रोजेक्ट सहित देशको प्रतिनिधिको रुपमा जयराम घिमिरेले कार्यक्रम आयोजना निर्देशकको रूपमा विद्यालयको शिक्षकको पनि सहभागिता थियो । साथै उक्त कार्यक्रमलाई नेतृत्व प्रदान गर्दै नेपाल पोलि मर इन्स्टिच्यटुका कार्यकारी अध्यक्ष प्रा.डा. रामेश्वर अधिकारीले गर्नु भएको थियो । पर्वू तयारीको लागि नेपाल पोलिमर इन्स्टिच्यटुका सचिव प्रशंसा पन्त कार्यकारी सदस्य एलिना महर्जन र विषय विज्ञका रूपमा धिराज श्रेष्ठले कार्ययोजनाको तयारी प्रस्तुतीको निर्देशन र निरीक्षण गर्नु भएको थियो । मलेसियामा आयोजना भएको निम्न लिखित विद्यार्थीहरूले आफ्नो आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गर्दै मेडल सहित पुरस्कार प्राप्त गरेका थिए।

यस क्षेत्रको विकासको लागि कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराएर उत्कृष्ट छनौट गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि सहभागी गराइने गरिएको कार्यकारी सदस्य एलिना महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्