मापदण्ड बनाउँदै कुल्चँदै महालेखा नियन्त्रक कार्यालय, पिडित कर्मचारी भन्छन् बदर गराउन अख्तियार र सर्वोच्च जान्छौं
काठमाडौं, १५ असोज । संघीय सरकारमा कार्यरत लेखा समुह संचालन गर्न केन्द्रिय निकायको काम गरिरहेको महालेखा नियन्त्रकले यस बर्ष मापदण्ड संशोधन गरेर सरूवा गर्ने तयारी गरीरहेकोमा हालसम्म २६ उपसचिव र ८० जना लेखा अधिकृतहरूको सरूवा गरिसकेको छ ।
उपसचिवको सरूवामा गुनासो सुक्ष्म रहेकोमा लेखा अधिकृतको सरूवा सम्म आउँदा मापदण्डको धज्जी उडाएको पिडित कर्मचारीहरूले ईकर्मचारीलाई जानकारी गराएका छन् ।
कार्यालय र मन्त्रालयहरूलाई अनुसुची १,२ र ३ मा बर्गिकरण गरी सरूवा थालेको मलेनिकाले त्यो केवल देखाउँने दाँत मात्र रहेको सरूवा सुची केलाउँदा देखिन्छ । सामान्यतया अनुसुची १ बाट अनुसुची ३वा २ मा, अनुसुची ३ मा रहेका कार्यालयबाट अनुसुची १ वा २ मा प्राथमिकताका आधारमा सरूवा गर्ने भनेपनि धेरैलाई य अनुसार गरेको भेटिदैन । पावर शेयरिङ र मोलमोलाईको मुख्य आधारमा नै सरूवा भएको देखिएको छ ।
उपसचिवहरू जनार्दन बडाल, सुनिता सुवेदी, रूपेश जंग थापा, नारायण दहालहरूलाई अनुसुची २वाट ३ मा गरिएको छ भने कसैलाई ३बाट ३ कै कार्यलयमा गरिएको छ भने केही पावरफुलहरूसँग मोलमोलाई नगरी यथावत कायम गरिएको छ ।
त्यसैगरी लेखा अधिकृतमा मापदण्ड मिच्ने काम बढेर गएको छ । सामान्यतया मापदण्ड बमोजिम अनुसुची ३ मा बसेकालाई अनुसुची १ वा २ का कार्यालय दिनुपर्नेमा अनुसुची ३ कै कार्यलयमा लखेटिनुपरेको छ । त्यसरी लखेटिनेमा रूपा पन्थी, सर्वोदय उपाध्याय, राजु पाण्डे, समिर पन्थी, दयाराम काफ्ले, परमा पौडे, इन्दिरा चापागाँई, शालिग्राम चौधरी, ऋषिराम पाण्डे, जिवन घिमिरे लगायतका अनेकौं रहेका छन् ।
यसैगरी मापदण्डले गरेको प्रतिबन्धात्मक बाक्याँसमा रहेको व्यवस्थाको दुरूपयोग गरी सरूवा हुनेमा युवराज डुम्रे, पवित्रा पाण्डे, इन्द्र बहादुर कार्की, दुर्गादेवी खतिवडा, श्यामराज जोशी, राजिव आचार्य, चित्र बहादुर केसी, जगदिश खनाल, दहलमान राई, मदन भण्डारी, कृष्ण प्रसाद सापकोटा, सन्जीवनी सुवेदी, सुस्मिता शर्मा, हरि प्रसाद लम्साल, याम बहादुर थापामगर, कृष्ण बाबु रिजाल, ठाकुरमणि दहाल, तारा भण्डारी लगायतमा मापदण्डको धज्जी उडाईएको छ । पिडित कर्मचारीहरूका अनुसार मापदण्ड संशोधनदेखि नै चलखेल सूरू गरी सेटिङ मिलाएर महालेखाले अख्तियारको दुरूपयोग गरेकाले अख्तियार समेत रिझाउन केही सरूवा अख्तियारका केही नेतृत्वको निर्देशनमा समेत सरूवा भएको आशंका रहेको छ भन्छन् तापनि अख्तियारमा उजुरी गर्ने र सर्वोच्चबाट बदर गरी मापदण्ड बमोजिम संशोधन हुनुपर्ने गुनासो गरेका छन् । १र२ दिन भित्र लेखापाल र सहलेखापालको समेत सरूवा गर्ने तयारीमा रहेकाले उक्त सरूवा भएपछि त्यो समेत बिश्लेषण गरी समुहगत मुद्दामा जाने तयारी रहेको पिडित कर्मचारीले बताएका छन् । सुचना प्राप्त भएपछि सत्य तथ्य पत्ता लगाउन महालेखा नियन्त्रक कार्यालयका प्रवकता श्याम भण्डारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्