भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

१० दिने अमेरिका भ्रमण सकेर सोमबार प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका गएका थिए ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए ।

त्यहाँ पुगेलगत्तै विभिन्न छलफलमा भाग लिएका ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा उनले साइडलाइन वार्तासमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्