सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा छ: अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा उभिने बताउनु भएको छ ।
आज महोत्तरीको बर्दिवासमा कमरेड निर्मल लामा १८ औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी शक्तिशाली कम्युनिष्ट केन्द्र मार्फत देशमा स्थिरता, विकास, समृद्धि र समाजवादको आधार निर्माण गर्ने एउटा महान् उद्देश्य सहित अगाडि बढेका छौं । ’
उनले पार्टी एकताबाट दायाँबायाँ गर्ने भन्ने हुनै नसक्ने कुरा बताउदै आफू र प्रधानमन्त्री ओलीका कारणले एकता प्रक्रिया नलम्बिएको स्पष्ट पारे । आफूहरु छलफलमा भएको र परिपक्व एकताको पक्षमा भएको अध्यक्षको धारणा थियो ।
आफूहरुले हरेक निर्णयहरु सामुहिक तरिकाले छलफल गर्ने गरेको बताउँदै उनले अगाडि भने , ‘हामीले जुनदिनदेखि पार्टी एकता गर्ने भन्यौ, त्यहि दिनदेखि अर्को पक्षलाई राम्रो लागेको छैन । उनीहरुले रुन पनि नपाउने भनेर प्रचार गरे । हामीले नेपाली जनताले रुनै नपर्ने बनाउने भनेका छौं ।’
अध्यक्ष प्रचण्डले चुनावसम्म वाम गठबन्धन सजिलैसँग गएपनि एमाले र माओवादी नेतृत्वलाई प्रतिक्रियावादीले एम्बुसमा पार्ने कोशिस गरेको बताए ।
‘अरुले पार्टी एकतामा जेजस्तो षडयन्त्र गरेपनि निर्णायक हामी नै हौं, ’ उनले, हाम्रो काम गर्ने कार्यशैलीमा हुने कमजोरीलाई सच्चाउन जरुरी छ । यसमा सबैको सहयोग चाहिन्छ । हामी यो पार्टी एकतालाई निश्कर्षमा पुर्याउने ठाउँ तिर लैजाँदै छौं । हामीले एउटा सही बिचारको आधारमा शक्तिशाली कम्युनिष्ट निर्माण गर्ने अवसर पाएका छौं । यो अवसर गुम्न नदिन हामी सबै एकजुट हौं ।’
अध्यक्ष प्रचण्डले पार्टी एकताको लागि जस्तो सुकै त्याग गर्न पनि आफु तयार रहेको सपष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्