सिटिजन्स क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं, १४ असोज । सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। ।

क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ (CMF2)  को करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० (C30MF) को करसहित १० प्रतिशत नगद लाभांश रहेको छ ।

फण्डहरुको लाभांश वितरण प्रयोजनका लागि ३ वटै फण्डले असोज २३ गते बुक क्लोज गर्ने भएका छन्। । असोज २२ गतेसम्म कायम इकाइधनीहरुले यी फण्डहरुले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्। ।

 

प्रतिक्रिया दिनुहोस्