कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, १४ असोज । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १५ गते बुकक्लोज गर्दैछ ।
बैंकले असोज ३० गते, बुधबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान १०.३० बजेदेखि शुरु हुनेछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। ।
त्यसैगरि, सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्