एभरेष्ट महिला भलिबल लिग आजदेखि सुरु हुँदै
काठमाडौं, १४ असोज। नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ आजदेखि सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने प्रतियोगिता असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।
मधेश युनाईटेड, काठमाडौं स्पाईकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यस्विस गरी ६ फ्रेन्चाईज टिमले प्रथिस्पर्धा गर्दैछ ।
उद्घाटन खेलमा उपत्यकाका दुई टिम काठमाडौँ स्पाइकर्स र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३४५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे २ बजे उद्घाटन समारोह हुनेछ । आजै साँज ५स्४५ बजे मधेश युनाइटेड र कर्णाली यस्विस तथा बेलुका ७स्४५ बजे चितवन शक्ति र गण्डकी थण्डर्सबीच खेल हुनेछ ।
फ्रेन्चाइज लिगको मुख्य विशेषता भनेको यसमा सबैले नाम चलेका चर्चित खेलाडीहरु टिममा राख्छन् । यस यस पटक सहभागि ६ वटै टोलीले ३(३ विदेशी खेलाडी टिममा राखेका छन् । जसले गर्दा लिगको चर्चा नेपालदेखि विदेशसम्म पनि उत्तिकै छ ।
हरेक टोलीमा १२ खेलाडी हुनेछ् । जसमा हरेक टोलीले ट्यालेन्ट हन्टबाट १(१ खेलाडी टिममा समावेश गरेका छन् । ६ टिममा गरेर कूल १८ विदेशी खेलाडीले पहिलो संस्करणको एभरेष्ट महिला लिग खेल्दैछन् ।
खेलाडीहरुको वर्गिकरणसहित निश्चित रकममा खेलाडीलाई टिमहरुले अनुबन्ध गरेका छन् । जसले गर्दा प्रत्येक खेलाडीले निश्चित रकम पाउनेछन् ।
यसअघि घरेलु प्रतियोगितामा विभागीय टोलीहरु र अन्य क्लबबीच खेल हुन्थ्यो । जसमा केही टिमले भारतीय खेलाडी ल्याएका थिए । तर यस पटक भने लिगको नियम अनुसार खेलाडीहरुलाई ड्राप्टमार्फत टिममा समावेश गरिएको छ । हरेक टिममा एक(एक मार्की प्लेअर छन् । लगभग सबै टिमको मार्की प्लेअर नै कप्तानको रुपमा छन् । यसमा थपिएको छ विदेशी खेलाडी । अमेरिका रसिया देखि भारत थाइल्याण्डसमम्का खेलाडी लिग खेल्न नेपाल आएका छन् ।
त्यसैले पनि सहभागि टोली कप्तान र प्रशिक्षक उत्साहित छन् । धेरैको नजर विदेशी खेलाडीमै छ । विदेशी खेलाडीमै प्रदर्शन पनि निर्भर रहन सक्छ । किनभने नेपाली खेलाडी र विदेशी खेलाडीको कम्बिनेसन जुन टिमको राम्रो हुन्छ उसैको प्रदर्शन राम्रो हुन्छ ।
प्रतिक्रिया दिनुहोस्