बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो
काठमाडौं, १४ असोज । गत बिहिबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् ।
गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।
गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ ।
बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् ।
यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् ।
३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ । यसले गर्दा सरकारको पूर्व तयारी र उद्धारमा चुूत नहुँदा धेरै मानीस पीडित भएको छ ।
प्रतिक्रिया दिनुहोस्