१६ असोजसम्म टिकटको माथिल्लो दरमा वायुसेवा कम्पनीले भाडा नलिने

काठमाडौं, १३ असोज। वायुसेवा कम्पनीहरूले आगामी बुधबारसम्म हवाई भाडामा तोकिएको माथिल्लो दरमा टिकट नबेच्ने निर्णय गरेका छन् ।

वायुसेवा सञ्चालक संंघ अध्यक्ष मनोज कार्कीका अनुसार सोमबारदेखि बुधबारसम्म लागु हुने गरी सरकारले तोकेको माथिल्लो दरको भाडादरमा टिकट नबेच्ने निर्णय भएको छ ।

आन्तरिक हवाई टिकटमा सरकारले माथिल्लो सीमा तोकिदिएको हुन्छ । वायुसेवा कम्पनीले टिकट अभाव भएको समयमा सोही दरको माथिल्लो बिन्दुमा टिकट बेच्ने गर्छन् ।

आइतबार वायुसेवा कम्पनीले सबै टिकट माथिल्लो दरमा बिक्रीमा राखेपछि आलोचना भएको थियो । वायुसेवा कम्पनीले विषय परिस्थितिमा हवाई इन्धनमा सरकारले छुट दिने हो भने कम मूल्यमा यात्रुलाई उडान सेवा दिन सकिने भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्