सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं, १३ असोज। सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ।

सरकारको आह्वानमा आइतबार दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बसेको हो।

बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतलगायत सहभागी छन्।

अविरल वर्षापछि जनधनको क्षतिबारे छलफल गरी सुझावका आधारमा आवश्यक निर्णय लिन सरकारले सर्वदलीय बैठक राखेको हो।

अविरल वर्षापछिको बाढी पहिरोमा परेर १२९ जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्