ग्लोबल आइएमई बैंक लिमिटेडको फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक

काठमाडौं, १३ असोज। ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैंले जानकारी लिन समेत सक्नेछन् ।

यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख देखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको छ । यो कर्जाको निमित्त धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ । निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रूपमा स्वीकार नगरिने जनाइएको छ ।

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्