रु रु जलविद्युतको १५ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर प्रस्ताव

काठमाडौं,१३ असोज । रु रु जलविद्युत परियोजनाले गत आ.व. २०८०/ ०८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

गत असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीले पाउने छन् ।

साथै कम्पनीले बोनस वितरणपछि कायम हुन आउने चुक्तापूँजीको १ः०.८० को अनुपातमा अर्थात् ८० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेकोले लगानी जुटाउनको लागि हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनी मार्फत दुई वटा जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको छ ।

कम्पनीले आगामी कात्तिक ११ गते साधारणसभा बोलाएको छ । कम्पनीले प्रकाशित सूचना अनुसार साधारणसभा प्रयोजनको लागि आगामी असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्