स्वाबलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा

 

काठमाडौं, १३ असोज । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत नगद लाभांश बितरण गर्ने भएको हो ।

असोज १२ गते शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्