नवलपरासीको सुस्ताका २ सयभन्दा बढी घर डुबानमा

काठमाडौं, १३ असोज। बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ताका २ सयभन्दा बढी घर डुबानमा परेका छन्।

शनिबार बेलुकासम्म नारायणी पारीको सुस्ता वडा नम्बर ५ का २ सयभन्दा घर डुबानमा परेको स्थानीय मुन्सिकुमार हरिजनले जानकारी दिए।

आइतबार बिहान वर्षा केहि कम भएपछि शसस्त्र प्रहरी र स्थानीयले डुबानबाट भएको क्षतिको विवरण संकलन गरिरहेका छन्। यो समाचार तयार पर्दासम्म यकिन तथ्यांक आएको छैन ।

प्रतिक्रिया दिनुहोस्