देशभर ७७ स्थानमा अत्यधिक वर्षा मापन, अधिकांश स्थानमा २ सय मिमिभन्दा बढी वर्षा

काठमाडौं, १२ भदौ । तीनदिनदेखि देशभर निरन्तर परेको भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यति बेला नेपालका ७७ स्थानमा अत्यधिक वर्षा मापन गरिएको छ ।

धेरैजसो स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । अत्यधिक वर्षाका कारण बाढी, पहिरो र सडक भासिनेजस्ता घटनाहरू भइरहेका छन् । सबैभन्दा धेरै वर्षा चितवनको त्रिशूली कालीखोलामा २५० दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

तनहुँको विमलनगरमा २१० मिलिमिटर, सुनसरीको पुरानो चतरामा २०४ मिलिमिटर, नवलपरासीको दण्डामा २११ मिलिमिटर, पाल्पाको अचर्लेमा २३८ मिलिमिटर, मकवानपुरको चिसापानी गढीमा २०० मिलिमिटर, दामनमा २२९ दशमलव २ मिलिमिटर वर्षा जल तथा मौसम विज्ञान विभागले मापन गरिएको छ ।

चितवनको झुवाडीमा १९९ दशमलव ८ मिलिमिटर र गोविन्दबस्तीमा २३५ मिलिमिटर वर्षा भएको छ ।
ललितपुरको गोदावरीमा २४० मिलिमिटर, खुमलटारमा २३८ मिलिमिटर, टिकाथलीमा २२३ दशमलव २ मिलिमिटर, काठमाडौँको बबरमहलमा १९६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी, धनकुटाको मूलघाटमा २०९ मिलिमिटर, इलामको राँकेमा १८९ दशमलव ४ मिलिमिटर, बाराको रजुवामा १९८ दशमलव ८ मिलिमिटर र मकवानपुरको हात्तिसुढेमा २ सय दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

बागमती, कोसी, नारायणी र तिनाउ नदी बेसिनमा पर्ने विभिन्न स्थानहरूमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण जलप्रवाह बढेर भीषण बाढीको रूप लिएको छ । खोला तथा नदी किनारमा घर गोठ, खेती बगाउने जस्ता घटनाहरू बढेका छन् ।

कपिलवस्तुको भगवानपुर स्टेसनमा २४ घण्टामा १६५ दशमलव ६ मिलिमिटर, रुपन्देहीमा १६८ मिलिमिटर र पल्पाको जाल्पा स्टेसनमा १६६ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । सिन्धुपाल्चेक, काभ्रे, काठमाडौँ, धादिङ, नुवाकोट, सिन्धुली, गोरखा, तनहुँ, चितवन, मकवानपुर लगायतका क्षेत्रहरूमा पनि भारी वर्षा भएको छ । यस्तै कोशी प्रदेशका अधिकांश जिल्लाहरूमा भारी वर्षा भएको छ ।

भारी वर्षाका कारण हाल देशका विभिन्न भागहरूमा बाढी, पहिरो र सडक भासिने घटनाहरू भइरहेका छन् । तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न जल तथा मौसम विज्ञान विभाग, गृह मन्त्रालय तथा सरोकारवाला निकायहरूले आग्रह गरेका छन् । सुक्षीत स्थानमा रहन आवश्यक छ । उद्धारको लागि तीनवटै सुक्षानिकाले लागि परेको छ । हवाईउ गस्ति पनि गरिएको छ । कहाँ कर्त मासिहरु फसेको अवस्था वा उद्धारको आवश्यक छ की भन्ने कुरालाई ध्यानरमा राखि सरकारले हवाई गस्ति पनि गरि राखेको छ । सचेत र सुरक्षीत रहन पनि आग्रह गरिएको छ, नदी किनारातिर नजान पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्