विभिन्न १४ स्थानमा नदीहरूको जलसतह खतराको तहभन्दा माथि
काठमाडौं, १२ भदौ । देशभर यतिबेला वर्षा भइरहेको छ । वर्षाका कारण विभिन्न नदीको जलसतह बढ्दो क्रममा रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार अपराह्न साढे ३ बजेको मापनअनुसार विभिन्न १४ स्थानमा नदीहरूको जलसतह खतराको तहभन्दा माथि रहेको छ ।
चितवनको देवघाटमा नारायणी नदीले जलसतह खतराको तह पार गरेको छ । यसले सो क्षेत्रमा डुबान भइरहेको छ ।
त्यस्तै, काठमाडौँको बालकुमारीमा मनहरा खोलाको जलसतह खतराको तहभन्दा माथि रहेको छ । भक्तपुरको कौशलटारमा हनुमन्ते खोला र ललितपुरको खोकनामा बागमती नदीको जलसतह खतराको तहभन्दा माथि रहेको छ ।
त्यस्तै, रौतहट, बारा, धनकुटा, भोजपुर, सिन्धुपाल्चोक, सुन्सरीलगायत क्षेत्रमा पनि नदीहरूको जलसतह खतराको तहभन्दा माथि छ ।
प्रतिक्रिया दिनुहोस्