बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३४ जनाको मृत्यु

काठमाडौं, १२ भदौ । काठमाडौंमा मात्र बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ ।

काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले जानकार िदिएको छ ।

त्यसैगरी १७ जना घाइते भएका छन् । जसअनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका हुन् ।

यी तीन जिल्लाबाट १ हजार ४१५ जनाको उद्दार गरिएको छ । १७ जना वेपत्ता छन् । १ हजार ९२४ घरहरु डुबानमा परेको एसएसपी घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्