काठमाडौंमा विभिन्न ठाउँबाट सुरक्षाकर्मीहरुले ७७८ जनाको उद्दार
काठमाडौं, १२ असोज। देशैभर तीनदेखि निरन्तर ववर्षाका कारण जनजीवन प्रभावित भएको छ । यस्तै देशको विभिन्न स्थान सँगै कठमाडौंका नदी किनारामा पनि बाढीले धेरै प्रभाव पारेको छ । काठमाडौंमा विभिन्न ठाउँबाट सुरक्षाकर्मीहरुले ७७८ जनाको उद्दार गरेका छन् ।
शनिबार दिउँसो साढे २ बजेसम्म काठमाडौंका ८ फरक ठाउँबाट ७७८ जनाको उद्दार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार बानेश्वर–शंखमुल क्षेत्रबाट ५ जनाको उद्दार गरिएको छ ।
त्यसैगरी बल्खु– कालिमाटी क्षेत्रबाट ४२५ जना, कीर्तिपुर क्षेत्रबाट ७१ जना, थानकोट नागढुंगा–सुरङमार्ग क्षेत्रबाट १३६ जना (उनीहरुमध्ये १०० जना यात्रु), स्वयम्भू इचांगुनारायण क्षेत्रबाट ३ जना, काठमाडौं–१ बालमन्दिर क्षेत्रबाट ११० जना, कोटेश्वर क्षेत्रबाट २८ जना गरी ७७८ जनाको उद्दार गरिएको उनले बताए ।
अहिलेसम्म ११ जनाको शव भेटिएको र १ जना अझै वेपत्ता रहेको एसपी अधिका।ीले पुरिएका चार जना भने अझै निकाल्न बाँकी नै ।
इचाङ्गुनारायणमा पुरिएका ३ जना र फर्पिङ मख्खुबेसीमा पुरिएका १ जना गरी ४ जनालाई निकाल्न बाँकी रहेको एसपी अधिकारीले बताए । डुबानबाट १ हजार २४४ घरमा क्षति पुगेको छ । यसले गर्दा यो वर्षले धेरै क्षती पुर्या एको छ । सबै स्थानमा सर्तक हरन र्गह मन्त्रालय , मौसाम विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्