अरुण काबेलीले पावर लिमिटेडले बोलायो साधारण सभा

काठमाडौं,११ असोज । अरुण काबेली पावर लिमिटेडले साधारण सभा बोलाएको छ । हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको बोलाएको हो । कम्पनीले कात्तिक ४ गते, आइतबार, होटल क्रिष्टल पशुपती, गौशाला, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो । हकप्रदबाट संकलन भएको रकम मध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनको शेयरमा लगानी गर्ने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ । त्यस्तै, सभाले आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक पनि नियुक्त गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । आगामी असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्