एसियन लाइफ इन्सुरेन्सको ५ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ,११ असोज । एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा छ । यस सेयर खरिद गर्नको लागि कम्पनीकै संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र इन्सुरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ । उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्न सक्ने कम्पनीले प्रकाशित सूचनामा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्