युनिलिभर नेपालले गर्यो लाभांश घोषणा

काठमाडौं,१० असोज । युनिलिभर नेपालले गत आ.व. २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको छ ।

गत असोज ९ गते बसेको कम्पनीको १८५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो । जुन विगत १० वर्षमा कम्पनीले वितरण गरेको लाभांशमध्ये सबैभन्दा उच्च हो ।

साथै कम्पनीले आगामी असोज २८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । तसर्थ उक्त दिनसम्म शेयर खरिद गरेका लगानीकर्ताले लाभांश प्राप्त गर्ने छन् ।

कम्पनीले हालसम्म वितरण गरेको लाभांश दर पछिल्ला तीन आर्थिक वर्षको लाभांश निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ ।

युनिलिभर नेपालको सेयर दोस्रो बजारमा सूचीकृत नेपालको सबैभन्दा महँगो सेयर हो । कम्पनीको शेयरमूल्य उच्च हुनुको पछाडि कम्पनीले वितरण गर्दै आएको उच्च लाभांश र बलियो वित्तीय अवस्था रहेको लगानीकर्ताहरुको भनाइ छ ।

कम्पनीको कुल ९ लाख २० हजार ७०० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत छ ।

प्रतिक्रिया दिनुहोस्