मन्दाकिनी हाइड्रोपावरको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं,१० असोज । मन्दाकिनी हाइड्रोपावरले गत आ.व. २०८०/८१ को मुनाफाबाट बितरण गर्ने लाभांशको घोषणा गरेको छ ।

कम्पनीको असोज ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्