दुई कम्पनीसहित चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,१० असोज । आज दुई कम्पनी र चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ११ सुक्रबार र साहस उर्जा असोज १३ गते, आइतबार बुकक्लोज गर्दैछ ।

त्यसैगरि, लाभांश वितरण प्रयोजनको लागि एनएमबि फिफ्टी(NMB50), एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) ले असोज ११ गते बुकक्लोज गर्दैछन्।

एनएमबि ५० ले इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ (NSIF2) ले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ (GIBF1) ले त आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्