इसराइलको सेनाका आक्रमणमा हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएको पुष्टि

काठमाडौं,९ असोज । इसराइली सेनाको हवाई आक्रमणमा परी हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएका छन्।

मंगलबार लेवनानको दक्षिणी क्षेत्र बेरूतमा इसराइलले गरेको हवाई आक्रमणमा परी हिजबुल्लाहका शीर्ष कमाण्डर इब्राहिम कुबैसीको मारिएको पुष्टि भएको  हो ।

उनी हिजबुल्लाहको मिसाइल तथा रकेट युनिटका शीर्ष कमान्डर रहेको अमेरिकी अखबार सिएनएनल जनाएको छ ।

इजराइली डिफेन्स फोर्सले कुबैसीसहित थप दुई जना कमाण्डर मारिएको दाबी गरेको छ । हिजबुल्लाहले भने कुबैसी मारिएको पुष्टी गरेपनि थप दुई जनाबारे केहि खुलाएको छैन ।

गत शुक्रबारदेखि हिजबुल्लाहविरूद्ध प्रत्यक्ष आक्रमणमा उत्रिएको इजराइलले त्यसयता लगातार आक्रमण गर्दै आइरहेको छ । सोमबार एकैदिन आक्रमणमा मात्रै ४९२ जना मारिएका थिए ।

इसराइलको आक्रमणमा परि अहिलेसम्म हिजबुल्लाहका कति लडाकु मारिए भन्ने बारे तथ्यांक हिजबुल्लाहले सार्वजनिक गरेको छैन ।
लेवनानले यो अहिलेको द्वन्दको समाधान केवल अमेरिकाले मात्र गर्न सक्छ । लेवनानमा थप धनजनको क्षति रोक्न अमेरिकालाई पहल गर्न अनुरोध गरेको छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्