युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं,९ असोज । युनाइटेड अजोड इन्सुरेन्सले १५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्न पुगेको छ । कम्पनीले १ः०.१५ अनुपातमा ३१ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ । इन्सुरेन्सको हालको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्