एनआइबीएल ग्रोथ फन्डले तोक्यो बुक क्लोज मिति
काठमाडौं,९ असोज । एनआइएमबी एस क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित एनआइबीएल ग्रोथ फन्डले नगद लाभांशको लागि बुक क्लोजको मिति तोकेको छ ।
फन्डले असोज १६ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १५ गतेसम्म कायम इकाईधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् ।
फन्डले गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले लाभांश रुपमा ८ करोड ३८ लाख २० हजार रुपैयाँ बितरण गर्नै छ ।
प्रतिक्रिया दिनुहोस्